You are viewing the translated version of बिबरण पेश गर्नु पर्ने.

Section 10
बिबरण पेश गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्पादन, निकासी वा पैठारी गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थको तोकिए बमोजिमको विवरण प्रत्येक छ महिनामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत्‌ वा सोझै अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम विवरण पेश गर्दा तेजाब वा अन्य घातक रासायनिक पदार्थ उत्पादन गर्ने उत्पादकले उत्पादन; क्षमता बमोजिम उत्पादन भए वा नभएको विवरण समेत खुलाउनु पर्नेछ।
(३) तेजाब वा अन्य घातक रासायनिक पदार्थलाई कच्चा पदार्थ वा सहायक कच्चा पदार्थको रुपमा प्रयोग गरी कुनै वस्तु-उत्पादन गर्ने उद्योगले त्यसरी उत्पादन भएको वस्तु र सोको_लोगि खपत-भएको तेजाब वा अन्य घातक रासायनिक पदार्थको परिमाणको _बिवरण प्रत्येक छ; महिनामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी मार्फत्‌ वा सोझै अनुमतिपत्र जारी गर्ने अधिकारी समक्ष पठाउनु पर्नेछ।
(४) उपदफा (१) वा (३) बमोजिमको प्रतिवेदन पेश नगरेमा अनुमतिपत्र जारी गर्ने अधिकारीले पाँच हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबाना गर्नेछ ।